काठमाडौं । सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । नेपसे ५.१९ अंकले बढेर २५०७.२७ विन्दुमा पुगेको हो । आजबाट खुलेको बजारमा २ अर्ब ६६ करोडको सेयर किनबेच भएको छ । कुल ५५ लाख ९६ हजार कित्ता बिक्रीमा याे कारोबार भएको हो ।
यस दिन ९८ वटा सेयरको मूल्य बढ्दा १४६ वटाको घटेको र चारवटाको अघिल्लो मूल्यमा कारोबार भएको छ । एसबीएल डिबेन्चर १० प्रतिशतले मूल्य बढ्दा समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर्स, नेपाल पुनर्बीमालगायतको अधिकतम ८.८९ प्रतिशतसम्म बढ्यो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया