logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • शनिबार कुन तरकारीको मूल्य कति ?

    970Shares
    शनिबार कुन तरकारीको मूल्य कति ?

    काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न फलफूल र तरकारीको थोक मूल्य निर्धारण गरेको छ, जसमा गोलभेँडा, आलु, प्याज, गाजर, र विभिन्न सागसब्जीहरूको मूल्य समावेश छ। मूल्य निर्धारण अनुसार, केही फलफूल जस्तै स्याउ, केरा, कागती, र अनारको मूल्य तोकिएको छ भने, केही तरकारी जस्तै काँक्रो, रुख कटहर, र भेंडाको मासु पनि मूल्य निर्धारण गरिएको छ।

    यस मूल्य निर्धारणले बजारमा उपलब्ध कृषिउपजको थोक मूल्य स्थिरता र बजार व्यवस्थापनमा मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। ३ जेठऽ काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ३८, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ५० रहेको छ ।

    मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ७० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १२०, तितो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ३५, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिण्डी प्रतिकिलो ३० कायम गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट