logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै

    1.2KShares
    प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै

    काठमाडौं । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । चार जना मन्त्रीको नाम तय भएको स्रोतले जानकारी दियो।स्रोतका अनुसार डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्।

    गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्। त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतले जानकारी दिएको छ। चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने पनि स्रोतले जानकारी दियो।

    हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट