काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ ले घटेको छ । आज एक तोला सुनको मोल दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १०० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया