logo

२०८२ फाल्गुन २५ सोमबार

logo
  • २०८२ फाल्गुन २५ सोमबार
  • टानको अध्यक्षमा माओवादीनिकट सागर पाण्डे विजयी

    877Shares
    टानको अध्यक्षमा माओवादीनिकट सागर पाण्डे विजयी

     काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै माओवादी केन्द्र निकट पाण्डे अध्यक्षमा विजयी भएका हुन्। आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे।

    टानको वरिष्ठ उपाध्यक्षमा सापकोटा प्यानलका कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन्। उनले पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पारेका हुन्। यस्तै प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।

    महसचिवममा भने पाण्डे समूहका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन्। उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुवेदीलाई पराजित गरेका हुन्। त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।

    अध्यक्ष – सागर पाण्डे

    बरिस्ठ उपाध्यक्ष – कर्मा शेर्पा

    प्रथम उपाध्यक्ष – बिष्णु प्रसाद लम्साल

    दितीय उपाध्यक्ष – सनम शेर्पा

    महासचिव – सोनाम ग्याल्जेन शेर्पा

    सचिव – रिन्जी जाङ्बु शेर्पा

    कोषाध्यक्ष – गौतमराज वाग्ले

    सहकोषाध्यक्ष – लाक्पा तेम्बा शेर्पा

    महिला सदस्य – पबित्र तामाङ

    खुल्ला सदस्य -अम्बीर बहादुर गुरुङ

    खुल्ला सदस्य – छाप्ते लामा शेर्पा

    खुल्ला सदस्य -राजु गुरुङ खुल्ला

    सदस्य फुर्वा छिरिङ भोटे

    खुल्ला सदस्य -सागर राई

    खुल्ला सदस्य – विकास गुरुङ

    खुल्ला सदस्य – होम बहादुर विस्वाकर्मा

    खुल्ला सदस्य – विनोद कुमार तामाङ



    फास्ट न्युज    
  • २०८१ भाद्र १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार