logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • कांग्रेसको नियमित महाधिवेशन मंसिरभित्रै गर्न युवा नेताद्वारा देउवाको ध्यानाकर्षण

    1.1KShares
    कांग्रेसको नियमित महाधिवेशन मंसिरभित्रै गर्न युवा नेताद्वारा देउवाको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्नका लागि पार्टी मूल नेतृत्वको ध्यानाकर्षण गरिएको छ । कांग्रेसका युवा नेताहरूको एक समूहले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत् सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

    नियमित महाधिवेशनले मात्रै पार्टीका संरचनामा युवा पुस्ताको सम्मानजनक सहभागिताको हुने बाटो खुल्ने ध्यानाकर्षण पत्रमा भनिएको छ । ‘पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो,’ पत्रमा भनिएको छ ।

    ध्यानाकर्षण पत्र बुझाउने मध्येका एक नेविसंघका पूर्व नेता दीपक भट्टराईले कांग्रेसमा आन्तरिक एकता हुनुपर्ने र मंसिरभित्रै नियमित महाधिवशेन हुनुपर्ने विचार राखे । उनले भने,‘नयाँ पुस्तालाई निषेध गरी हुने महाधिवशेनले कांग्रेस र देशको माग सम्बोधन गर्नसक्दैन ।’ सभापति देउवा नेतृत्वको कार्यसमितिको अवधि यही मंसिरमा सकिने हुँदा थप गर्न नहुने उनले बताए ।

    जेनजी युवाहरूको भावना अनुरुप सुशासन, पारदर्शिता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई पार्टीले गम्भीरता पूर्वक लिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आर्थिक अनुशासनलाई पारदर्शी बनाउन ‘आन्तरिक अनियमितता छानबिन आयोग’ गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट