logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंकखाता रोक्का

    988Shares
    नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंकखाता रोक्का

    काठमाडौं । अवैधानिक घोषित नेपाल ओलम्पिक कमिटी (एनओसी) का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता रोक्का भएको छ । ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो ।

    यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठकले एनओसीका बैंक खाता रोक्का गर्ने र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

    त्यसपछि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्र गत चैत १० गते राष्ट्र बैंकलाई पत्राचार गरी एनओसीका बैंक खाताको विवरण मागेको थियो । मन्त्रालयको माग बमोजिम राष्ट्र बैंकले वैशाख ३ गते एनओसीका विभिन्न नौ वटा बैंकमा १६ वटा खाता रहेको भन्दै ती खाताको विवरण पठाएको थियो ।

    त्यसपछि वैशाख ७ गते ती सबै बैंकमा रहेका एनओसीका खाता रोक्नका लागि पत्राचार गरिएको थियो । खाता रोक्का भयो कि भएन भनेर अनुगमन समेत गरिएको थियो । वैशाख ११ गते ९ वटै बैंकले आफू मातहत रहेका एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका थिए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट