logo

२०८३ असार १० बुधबार

logo
  • २०८३ असार १० बुधबार
  • मलाई ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

    1.2KShares
    मलाई ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

    पुनले आफूलाई फोन गरेर बधाई दिनुका साथै खादा, माला लिएर नआउन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न भनेका छन् ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट