logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आरके मैनाली भन्छन्- विद्यालाई नेतृत्व दिइए एमाले सुध्रिन्छ

    1.2KShares
    आरके मैनाली भन्छन्- विद्यालाई नेतृत्व दिइए एमाले सुध्रिन्छ

    काठमाडौंं । वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीले विद्या भण्डारी नेकपा एमालेको अध्यक्ष हुनुपर्ने सुझाएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले ओलीले पुनः अध्यक्ष पदमा आकांक्षा नराखेर विद्यालाई नेतृत्व दिए एमाले सुध्रिने दाबी गरे ।

    टेलिभिजन अन्तर्वार्ताका क्रममा मैनालीले भने, “यदि विद्या अध्यक्ष भइनन् र ओलीको टसल चल्दै गयो भने ओलीलाई संकट हुन्छ र एमालेभित्र पनि संकट आउँछ।” वर्तमान प्रधानमन्त्री ओलीले अध्यक्ष पद त्याग्नेबित्तिकै त्यसको सन्देश अन्य पार्टीमा पनि जाने मैनालीको बुझाइ छ ।

    मैनाली भन्छन्, “एमाले सुध्रिनेबित्तिकै कांग्रेस सुध्रिन्छ, कांग्रेस सुध्रिनेबित्तिकै प्रचण्ड सुध्रिन्छन्, माधव सुध्रिन्छन्, झलनाथ सुध्रिन्छन् ।”

    ओलीले अध्यक्ष पद छाडेर अरुलाई जिम्मेवारी दिँदा अन्य पार्टीका अध्यक्षहरुलाई पनि मनोवैज्ञानिक दबाब जाने नेता मैनालीको ठहर छ । भ्रष्ट गनाएका नेताहरुको ठाउँमा नयाँ तथा युवा नेताहरुहरुको जमात नेतृत्वमा आएमा त्यसले देशलाई नयाँ उचाइँमा पुर्याउने बामपन्थी नेता मैनालीले ठोकुवा गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट