logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • रवि लामिछानेलाई रुपन्देहीबाट नख्खु कारागार ल्याइयो

    1.3KShares
    रवि लामिछानेलाई रुपन्देहीबाट नख्खु कारागार ल्याइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौंको नख्खु कारागारमा ल्याइएको छ ।

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही थुनामा रहेका लामिछानेलाई शनिबार नख्खु कारागारमा सरुवा गरेर ल्याइएको हो।

    लामिछानेले दिएको निवेदनको आधारमा शुक्रबार कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो ।

    लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकितासहित समर्थकहरू भिड एयरपोर्टमा जम्मा भएका थिए ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ३१, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट