logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • रास्वपाको विरोध सुनेनन् सभामुखले, बजेटमाथिको छलफल जारी

    1.1KShares
    रास्वपाको विरोध सुनेनन् सभामुखले, बजेटमाथिको छलफल जारी

    काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । तर उनीहरूको अवरोध, विरोध र वेल घेराउलाई सभामुख देवराज घिमिरेले नजरअन्दा गरेर बैठकलाई अघि बढाइरहेका छन् ।

    भिजिट भिसा प्रकरणलाई जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपा निरन्तर आन्दोलित छ । रास्वपाले यस प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा आउनुपर्ने माग गरेको छ। उसले यस प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन आयोग बनाउनुपर्ने पनि माग गरेको छ ।

    तर, नेपाली कांग्रेस र नेकपा एमाले लेखकलाई जोगाउने बाटोमा लागेका छन् । उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पनि लेखकलाई जोगाउँदै राजीनामाबाट पछि हटेर संसद्को विरोधबाट पछि हटिसकेको छ ।

    सभामुख घिमिरेले प्रतिनिधिसभाको कारवाही अघि बढाउनेबित्तिकै रास्वपाका सांसदहरूले आइतबार पनि वेल घेराउमा उत्रिए। त्यसअघि रास्वपाबाट सांसद अशिम शाह र राप्रपाबाट धवलशमशेर जबराले बोले । राप्रपा र रास्वपाले विरोध गरे पनि सभामुखले पेलेर आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढाइरहेका छन्।



    फास्ट न्युज    
  • २०८२ असार ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट