logo

२०८२ फाल्गुन २४ आईतवार

logo
  • २०८२ फाल्गुन २४ आईतवार
  • यु–२० महिला एसियन कप छनोटः नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो

    1.2KShares
    यु–२० महिला एसियन कप छनोटः नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो

    काठमाडौँ । एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत बुधबार साँझ भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ बराबरीमा सकिएको हो ।

    नेपालले भुटानविरुद्ध खेलको पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । नेपालको लागि सेनु परियारले गोल गरिन् । नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

    त्यसपछि खेलको १८औँ मिनेटमा भुटानले गोल फर्कायो । भुटानका लागि केल्देन वाङमोले बराबरी गोल गरिन् । त्यसपछि खेलको ७०औँ मिनेटमा नेपालले गोल गर्‍यो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाइदिए । दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन । यस खेलसँगै नेपाल र भुटानले समान १–१ अङ्क जोडेका छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार