logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • प्रतिनिधिसभा बैठकमा आज साइबर सुरक्षा विधेयक प्रस्तुत गरिँदै

    949Shares
    प्रतिनिधिसभा बैठकमा आज साइबर सुरक्षा विधेयक प्रस्तुत गरिँदै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने बस्ने भएको छ । आजको बैठकमा साइबर सुरक्षा विधेयक प्रस्तुत हुने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

    सम्भावित कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने पनि उल्लेख छ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

     



    फास्ट न्युज    
  • २०८२ असार २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट