logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण

    949Shares
    बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण

    काठमाडौं – जनकपुरबाट काडमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। जहाज अवतरण गर्ने क्रममा पांग्रा नभएको थाहा भएको थियो ।

    बिहीबार दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको ९ एनएएनएच कलसाइन रहेको उक्त जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो ।

    उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर जनकपुरकै रनवेका झरेको फेला परेकाे छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज ग्राउन्डेड गर्दै अनुसन्धान सुरु गरिएको छ ।

    उनले भने, ‘काठमाडौंमा अवतरण भएपछि मात्रै जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा भयो । ल्यान्डिङ गियरसँगै नोज ह्विल रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन । अहिले जहाज ग्राउन्डेड गरि अनुसन्धान सुरु भएको छ । अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज ह्विल जनकपुरमै छुटेको रिपोर्ट आएको हो ।’



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार