logo

२०८३ जेष्ठ ४ सोमबार

logo
  • २०८३ जेष्ठ ४ सोमबार
  • बालुवाटारमा ‘नेपाल हस्तकला प्रदर्शनी २०२६’ हुँदै, ७० स्टलमा स्थानीय कला र परिकारको स्वाद

    796Shares
    बालुवाटारमा ‘नेपाल हस्तकला प्रदर्शनी २०२६’ हुँदै, ७० स्टलमा स्थानीय कला र परिकारको स्वाद

    काठमाडौं । नेपाल हस्तकला महासंघ ले ‘नेपाल हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ । महासंघले आगामी जेठ ८ देखि १० गतेसम्म बालुवाटारस्थित अम्रपाली बैंक्वेट एण्ड इभेन्ट मा मेला सञ्चालन गर्न लागिएको जनाएको हो ।

    तीन दिनसम्म चल्ने मेलामा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न जिल्लामा उत्पादन भएका हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ । आयोजकका अनुसार मेलामा करिब ७० वटा स्टल रहनेछन् ।

    महासंघले मेलाको मुख्य उद्देश्य स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्नु, रोजगारी तथा आयआर्जन वृद्धि गर्नुका साथै परम्परागत सीप, कला, संस्कृति र स्थानीय परिकारको संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको जनाएको छ ।

    मेलामा हस्तकला प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम, कलाकार तथा कालिगढको जीवित सीप प्रदर्शन र स्थानीय परिकारको स्वादसमेत प्रस्तुत गरिनेछ । कार्यक्रममा काठमाडौं उपत्यकासहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायत जिल्लाका संघसंस्थाको सहभागिता रहने जनाइएको छ ।

    महासंघले हस्तकला क्षेत्रले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरिरहेको उल्लेख गर्दै कृषि क्षेत्रपछि देशभर विस्तार गर्न सकिने सम्भावनायुक्त उद्योगका रूपमा हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएको छ ।

    आयोजकका अनुसार मेलामा प्रवेश निःशुल्क हुनेछ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट