काठमाडौं| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३.८६ अंकले बढेर दुई हजार सात सय दशमलव शून्य चारको विन्दुमा कायम भएको हो । मंगलबार पाँच अर्ब ७९ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब ४४ करोडको कारोबार भएको छ। यो रकम अघिल्लो दिनको तुलनामा ३५ करोड रूपैयाँ कमी आएको हो।
यस दिन १६६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ७८ कम्पनीको सेयरमूल्य घटेको छ । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्दा यो सेक्टरमा उच्च वृद्धि देखिएको हो ।
यस्तै, हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३९७ रूपैयाँ कायम भएको छ।
बुधबारको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया