logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एसीसी १६ वर्षमुनिको इस्ट जोन कप: नेपालले आज जापानसँग खेल्दै

    967Shares
    एसीसी १६ वर्षमुनिको इस्ट जोन कप: नेपालले आज जापानसँग खेल्दै

    काठमाण्डौ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज जापानसँग खेल्दैछ । मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ ।

    अस्ति आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।

    यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ असार १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट