logo

२०८३ श्रावण ६ बुधबार

logo
  • २०८३ श्रावण ६ बुधबार
  • बीपी स्मृति दिवसमा कांग्रेसको ‘मानव सहायता कल्याण कोष’ घोषणा, घरबारविहीन महिला र बालबालिकालाई सहयोग गरिने

    730Shares
    बीपी स्मृति दिवसमा कांग्रेसको ‘मानव सहायता कल्याण कोष’ घोषणा, घरबारविहीन महिला र बालबालिकालाई सहयोग गरिने

        काठमाडौं । नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ। कोषमार्फत घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गर्ने उद्देश्य राखिएको पार्टीले जनाएको छ।

    ललितपुरमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले कोषको घोषणा गर्दै प्रारम्भिक चरणमा पार्टी सदस्यहरूबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको जानकारी दिए। आगामी दिनमा कोषको रकम थप विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।

    सभापति थापाका अनुसार कोषको विस्तृत कार्यविधि, पार्टीका नयाँ राजनीतिक कार्यक्रम तथा अभियानबारे भोलि दिउँसो २ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिनेछ।

    बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता, जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया, चित्रकला प्रतियोगिता तथा बिरुवा वितरण कार्यक्रमसमेत आयोजना गरेको थियो। सभापति थापाले जलवायु परिवर्तनबारे सचेतना फैलाउनु मात्र नभई त्यसविरुद्ध सामूहिक संकल्प आवश्यक रहेको बताए।

    उनले बीपी कोइरालाले दशकौँअघि नै प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो विकास र समावेशी समाजको अवधारणा अघि सारेको स्मरण गर्दै कांग्रेसले ती मूल्यमान्यतालाई पुनः व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।

    कांग्रेसले भोलि राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा बीपी स्मृति दिवसका अवसरमा सञ्चालन गरिएको ‘जरा अभियान’को समापन गर्दै आगामी राजनीतिक तथा संगठनात्मक कार्यक्रमहरू पनि सार्वजनिक गर्ने जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट