logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • गण्डकी प्रदेशका सांसद दिपक मनाङे पदमुक्त

    1.2KShares
    गण्डकी प्रदेशका सांसद दिपक मनाङे पदमुक्त

    काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दिपक मनाङे) पदमुक्त हुने फैसला गरेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा। कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेलाई उम्मेदवार हुन समेत अयोग्य भएको ठहर गरेको हो ।

    सर्वोच्च अदालतले फैसला भएको मिति ९आज० देखि लागू हुनेगरी मात्रै उनी पदमुक्त हुने निर्णय गरेको हो । रिट निवेदनमा उनी निर्वाचित भएको मितिदेखि नै लागू हुनेगरी पदमुक्त गर्नुपर्ने दाबी थियो, जसमाथि सर्वोच्च अदालतले आंशिक सम्बोधन गरेको हो ।

    अधिवक्ता वीरेन्द्रराज कार्कीले झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग गरेका थिए । निर्वाचनसम्बन्धी कानुनअनुसार अब निर्वाचन आयोगको मनाङ(२ मा उपनिर्वाचन गर्नुपर्नेछ ।



    फास्ट न्युज    
  • २०८२ असार ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट