logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु, स्थानीय आन्दोलित

    1.2KShares
    ललितपुरमा बाटो मर्मत गर्दा पोल ढलेर एक जनाको मृत्यु, स्थानीय आन्दोलित

    काठमाडौं । ललितपुरमा बिजुलीको पोलले लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय रमेश खड्गी रहेको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ठैबबाट सानागाउँतर्फ सडक चौडा गर्ने क्रममा प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने प्रयास गर्दा पोल ढल्न पुगेको हो । खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्‌को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले ठैब क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । गोदावरी जाने मुख्य सडक बन्द हुँदा यातायात प्रभावित भएको छ । सातदोबाटो प्रहरी वृत्तमा अहिले मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि र ठेकेदारबीच छलफल जारी रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट