काठमाण्डौ । यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने २ सय १८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने राइडरहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काम विशेषले ठाउँमा पुग्नुपर्नेहरुले पठाओ, इनड्राइभ, याङ्गोजस्ता राइड शेयरिङ प्रयोग गर्न बाध्य छन् । यीमध्ये केही चालकहरुले मनलाग्दी भाडा लिएको यात्रुको गुनासो छ । यात्रुले गुनासो गरेपछि प्रहरीले कडाइ गरेको छ । जथाभावी भाडा लिने राइड शेयरिङ सञ्चालकलाई कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया