logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • कपिलवस्तुमा आगलागीको घट्ना बढ्दो, गहुँ-बालीबाट आगो फैलँदा ४० घर जलेर नष्ट

    कपिलवस्तुमा आगलागीको घट्ना बढ्दो, गहुँ-बालीबाट आगो फैलँदा ४० घर जलेर नष्ट

    1.5K
    SHARES
    कपिलवस्तुमा आगलागीको घट्ना बढ्दो, गहुँ-बालीबाट आगो फैलँदा ४० घर जलेर नष्ट

    कपिलवस्तुको यशोधरा गाउँपालिका-१ को पकडी गाउँमा भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन्। आगलागीका कारण घरमा भएको लत्ता कपडा, खाद्यान्न लगायत सम्पूर्ण सामग्री जलेर खरानी भएको छ।



    रमवापुर गाउँ पूर्वतर्फ रहेको गहुँ खेतमा लागेको आगो पश्चिमी हावाले फैलँदै पकडी गाउँका ४० घर जलेर नष्ट भएको हो। आगलागीबाट गहुँ बाली भित्र्याएर कोठामा राखेको लाखौं रुपैयाँ मूल्यका ठुलो परिमाणको गहुँ जलेर नष्ट भएको छ।

    आगलागीबाट पीडित बनेका ४० घर परिवार अहिले खुला आकाशमुनि रात बिताउन बाध्य छन्। आगलागीबाट करिब १ करोड रुपैयाँ बढीको क्षति भएको यशोधरा गाउँपालिका-१ का वडाध्यक्ष अब्दुल कैयुम खानले बताए। आगलागी पीडितहरूलाई खानपिनको व्यवस्थापन वडाध्यक्ष खानले गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा चलेपछि आग लागीका घटना समेत बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।

    बिहीबार विजयनगर गाउँपालिका – ५ सिसवामा आगलागी हुँदा २६ घर गोठमा क्षति पुगेको छ । बिहान ११ बजेदेखि भएको आगलागीमा १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल स्थानीय र शिवराज र कृष्णनगर नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो


    फास्ट न्युज
  • आइतबार, ९ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट