काठमाडौं । माइतीघरमा सहकारी पीडितहरूले आज अर्धनग्न प्रदर्शनी गरेका छन् । उनीहरूले आफ्नो बचत फिर्तीका लाग राख्दै प्रदर्शनी गरेका हुन् ।
अघिल्लो पटक महिलाहरू भेला भई अर्धनग्न प्रदर्शनी गरेका थिए भने यस पटक पुरुषहरू अर्धनग्न भएका हुन् । साथै महिलाहरूले भने थाल ठटाएर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी अरूले विभिन्न माग लेखिएका प्लेकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया