logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • रुसको युक्रेनमा हवाइ आक्रमण, १३ जनाको ज्यान गयो

    925Shares
    रुसको युक्रेनमा हवाइ आक्रमण, १३ जनाको ज्यान गयो

    युक्रेनका विभिन्न ठाउँमा भएको रुसी हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । ५६ जना घाइते भएका छन् । रुसले राजधानी कीएभसहित विभिन्न क्षेत्रमा २ सय ५० वटा ड्रोन र १४ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणका कारण थुप्रै आवासीय भवनमा आगलागी भएको छ ।

    आक्रमणपछि प्रतिक्रिया जनाउँदै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा यस्ता आक्रमणहरूसँगै संसारलाई युद्ध लम्बिनुको प्रमुख कारण रुस नै हो भन्ने विश्वास अझ गहिरिँदै गएको बताउनुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट