logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • पहिरोले भेडेटार–रवि–राँके सडक पुनः अवरुद्ध

    1.2KShares
    पहिरोले भेडेटार–रवि–राँके सडक पुनः अवरुद्ध

    धनकुटा । सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन ।

    शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो ३ः३० बजेपछि सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

    ‘भेडेटार–रवि–राँके सडकअन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङ्गमा ठुलो पहिरो झरेर आज दिनभर सफा गर्न समय लाग्ने भएकाले डाँडाबजार–बुढिमोरङ मुलघाटको सडक प्रयोग गर्नुहुन सबैमा जानकारी गराईन्छ,’’ अध्यक्ष रुम्दालीले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

    ठुलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने उहाँको भनाइ छ । भेडेटार–रवि–राँके सडकखण्ड निर्माणाधिन अवस्थामा छ । भेडेटार–डाँडाबजारको दूरी करिव १२ किलोमिटर रहेको छ । सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तीकै पहिरो खस्ने र बाटो अवरुद्ध हुने गर्छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट