logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍यायो, किसान चिन्तित

    967Shares
    हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍यायो, किसान चिन्तित

    भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् । हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ ।

    बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट