काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ४ अंकले घटेर २ हजार ७२४.०३ विन्दुमा पुगेर बन्द भएको छ।
आज ३४२ वटा कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूह बाहेक बाँकी सबै उपसमूहका सूचक घटेका छन्।
आज सोपान फार्मा र अपोलो हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले वृद्धि भएको छ। यस्तै, कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्य १०.६६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स लिमिटेड अग्रस्थानमा रहँदै २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि सिटी होटल्स लिमिटेडको २४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया