काठमाडौं। नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया आजदेखि एकसाथ देशैभर सुरु भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक, पारदर्शी र सङ्गठनात्मक विधिअनुसार सञ्चालन हुने उनको भनाइ छ । अनेरास्ववियुले ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नारा तय गरेको छ ।
सङ्गठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न सहयोग र ऐक्यबद्धता जनाउन अनेरास्ववियुले आग्रह समेत गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया