logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री लेखकविरुद्ध उजुरी

    988Shares
    भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री लेखकविरुद्ध उजुरी

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको छ । युवराज सफलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उजुरी दर्ता गराएका हुन् ।

    उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

    उजुरीकर्ताले भनेका छन्, ‘भिजिट भिसामा खाडी मुलुकतर्फ जानेसँग ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जानेसँग ३ लाख रुपैयाँसम्म असुलिएको छ ।’उनले भिजिट भिसामा जानेबाट दिनहुँ करोडौँ रुपैयाँ उठाउने गरिएको थियो । उक्त रकमबाट गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन प्रमुख तीर्थराज भट्टराई, अधिकृत खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र विमल पौडेल लगायतलाई भाग लगाइने गरिएको दाबी सफलले गरेका छन् ।

    उक्त उजुरीमा भिजिट भिसाको सेटिङमा गृहमन्त्रीका सचिवालय सदस्य गणेश ओझा, स्वकीय सचिव जनक भट्टको समेत संलग्नता रहेको उल्लेख छ । सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै गृहमन्त्री र गृहसचिवलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

    उनले विगत पाँच वर्षको भिजिट भिसा प्रणालीको पुनरावलोकन गर्दै भिसा लिएर विदेश गएका नेपालीहरू फर्किएका वा नफर्किएको छानबिन गर्न अनुरोध गरेका छन् । गृहमन्त्री यति धेरै विवादित हुँदा पनि यसबारे सरकारले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट