logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश लेख्न व्यस्त न्यायाधीश

    1KShares
    रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश लेख्न व्यस्त न्यायाधीश

    काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिएको छ ।गत मंगलबारदेखि हेर्दाहेर्दैमा राखिएको यस मुद्दामा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीशद्वयको इजलासमा सुनुवाइ सकिएपछि अब आदेशको प्रतिपक्षा गरिएको छ।

    शुक्रबार रवि लामिछाने र गोर्खा मिडिया नेट्वकर्मा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरे । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमसहितले शुक्रबार बहस गरे ।उता रवि र छविका कानुन व्यवसायीको तर्फबाट जवाफी बहसमा पनि वरिष्ठ अधिवक्ताहरू सहभागी थिए । वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिशकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

    रविलाई जेल पठाइएपछि निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थिइन् । उता, रविका साझेदार जोशीले उच्च अदालत दाङ, बुटवल इजलासको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई रविको रिटसँगै राखेर बहस भएको थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट