logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • कांग्रेसका प्रमुख सचेतक लेखकले भने- संसद् बन्द गरेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको मर्म विपरीत

    कांग्रेसका प्रमुख सचेतक लेखकले भने- संसद् बन्द गरेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको मर्म विपरीत

    741
    SHARES
    कांग्रेसका प्रमुख सचेतक लेखकले भने- संसद् बन्द गरेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको मर्म विपरीत

    काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार विज्ञप्ति निकालेर सङ्घीय संसद्को गएको अधिवेशनमा कानुन निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै पनि सरकारले सहकारी पीडितलगायत समस्या समाधान गर्नुको साटो अप्रत्याशित र असमयमा सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेको टिप्पणी गर्नुभएको हो । अहिले सरकारले अपव्याख्या गरेर अध्यादेश ल्याउन खोजेको कांग्रेसको ठहर छ ।



    प्रमुख विपक्षी दल कांग्रेससमेत सबै विपक्षी दलहरूले सहकारी संस्थामा लाखौँ नागरिकले जम्मा गरेको अर्बौ रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानबिन गर्न तथा सहकारी पीडितका समस्या सम्बोधन गर्न संसदीय छानबिन समिति माग गरेकामा त्यो विषयलाई नजरअन्दाज गरेको कांग्रेसले आरोप लगाएको छ ।

    सङ्घीय संसद्को गएको अधिवेशन भन्दा पनि महिनौँ अगाडिदेखि तयारी शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गर्नु उचित नहुने विज्ञप्तिमा उल्लेख छ । संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न कांग्रेसले सरकारलाई सचेत गराएको छ ।


    फास्ट न्युज
  • शनिबार, १५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट