logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर रहेको : मन्त्री पन्त

    907Shares
    विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर रहेको : मन्त्री पन्त

    ७ जेठ, काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुंगोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिको प्रतिवेदन माथि छलफलका क्रममा मन्त्री पन्तले निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउन आफू गम्भीर रहेको बताएका हुन् ।

    उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर भएर लागेको बताए । उनले  निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउन आफू गम्भीर रहेको बताए ।

    उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पु‍र्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरु छन् तर  विषयहरु भए पनि छलफललाई लम्ब्याँउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु ।’

    समिति सभापति अम्बरबहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकैपटक भार नपर्ने गरी चरणबद्ध रूपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।

    यसअघि उपसमितिले बिभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन समिति समक्ष पेश गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट