logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मङ्सिर १ देखि २७ गतेसम्म

    1.1KShares
    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मङ्सिर १ देखि २७ गतेसम्म

    काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण आउँदो मङ्सिर १ गतेदेखि शुरू हुने भएको छ ।

    क्यानले आज विज्ञप्ति निकालेर एनपीएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।

    एनपीएलका लागि खेलाडीको मिनी अक्शन सम्पन्न भइसकेको छ । प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक हुनेछ । पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

    एनपीएलमा जनकपुरसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाण्डौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा टोलीको सहभागिता छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट