logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै

    721Shares
    रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै

    काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा त्यहाँको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन् । उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसहित दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता कपुरसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

    त्यसैगरी, सभापति लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटेका छन् । ती भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार-विमर्श भएको रास्वपाले जनाएको छ ।

    दुई छिमेकी राष्ट्रबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समयानुकूल थप प्रगाढ तुल्याउँदै लोकतान्त्रिक मूल्य-मान्यतामाथिको संवादलाई फराकिलो बनाउनु यो भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ । भेटमा सुदृढ सांगठनिक निर्माण, तल्लो तहसम्मको जनसम्पर्क, विकासमुखी सुशासन र समकालीन राजनीतिमा नयाँ पुस्ताको नेतृत्वदायी भूमिकासम्बन्धी रणनीतिक अनुभवहरू आदानप्रदान भएको रास्वपाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।

    उच्चस्तरीय भ्रमण टोलीमा सभापति लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन् । भाजपाको निमन्त्रणामा भारत गएको यो टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट