logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    1KShares
    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पछिल्लो समसामयिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रतिनिधिसभाको बैठकमा हुने प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

    सत्तारुढ दलहरूबीच रस्साकस्सीका कारण गभर्नर नियुक्ति हुन सकेको छैन । हिजोको क्याविनेट बैठक पनि स्थगित गरियो । हिजै देउवा र ओलीबीच भेट तय गरिएकोमा हुन नसकेपछि आज भेटघाट भएको हो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट