logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो

    814Shares
    खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो

    काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका पौडेल आइएमई लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन्।

    उनी रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तर्देशीय कारोबारमा दख्खल राख्छन्। उनले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बीमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने बताएका छन्।

    त्रिभुवन विश्वविद्यालयबाट फाइनान्समा एमबीए गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्सबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन्। उनले अमेरिकाको हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन्।

    आइएमई लिमिटेड र जीएमइबीच मर्जरअघि उनी आइएमईको प्रमुख कार्यकारी अधिकृत थिए। उनी आइएमई लिमिटेडको स्थापनादेखि नै कम्पनीमा विभिन्न जिम्मेवारीमा थिए । मर्जरपछि आइएमईले केही दिनअघि एकीकृत कारोबार सुरु गरेको थियो। पौडेलसँग आइएमई ग्रुपले प्रवर्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आइएमई डिजिटल सोलुसन लगायत कम्पनी सञ्चालक रूपमा काम गरेको अनुभव छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार