logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • सत्य निरुपण र बेपत्ता आयोगमा नियुक्त गरिए पदाधिकारी (नामसहित)

    976Shares
    सत्य निरुपण र बेपत्ता आयोगमा नियुक्त गरिए पदाधिकारी (नामसहित)

    काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् । बेपत्ता नागरिक छानबिन आयाेगकाे अध्यक्षमा पूर्वमुख्यसचिव लीला गड्ताैलालाई नियुक्त गरिएकाे छ ।

    नियुक्त पदाधिकारीको नामसूची  –

    सत्य निरुपण तथा मेलमिलाप आयोग
    अध्यक्ष महेश थापा- संखुवासभा

    सदस्यहरू
    अच्युतप्रसाद भण्डारी जाजरकोट

    डा. टीकाप्रसाद ढकाल पाँचथर

    पदमबहादुर शाही जुम्ला

    कुमारी कौशल्य ओझा कञ्चनपुर

    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
    अध्यक्ष लीलादेवी गड्तौला तेह्रथुम

    सदस्यहरू
    गोपालनाथ योगी सल्यान

    अग्नीप्रसाद थपलिया झापा

    सृजना पोखरेल काठमाडौं

    विनिता नेपाली कास्की सदस्य

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट