logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • मध्यरातमा भारतीय सेनाद्वारा पाकिस्तानमा हवाई आक्रमण, सात जनाको ज्यान गयो

    937Shares
    मध्यरातमा भारतीय सेनाद्वारा पाकिस्तानमा हवाई आक्रमण, सात जनाको ज्यान गयो

    नयाँदिल्ली ।  भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ । अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी शिविरलाई लक्षित गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनाको भनाइ छ ।

    गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएकाे आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यस घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको छ ।

    यही आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप खस्किएको छ । भारत–प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहँदा हजारौंले ज्यान गुमाएका छन् । कश्मीरलाई भारत र पाकिस्तान दुवैले आफ्नो भूभागको रुपमा दाबी गर्दै आएका छन् ।

    पाकिस्तानमा गरेको आक्रमणबारे अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रुसलाई जानकारी दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । आक्रमणका कारण उत्तरी भारतको हवाई उडानहरु प्रभावित भएका छन् ।

     



    फास्ट न्युज    
  • २०८२ बैशाख २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट