काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा छुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबारकाे थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले यस्तो आदेश गरेको हो । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा मिश्रविरुद्ध मुद्दा दायर भएको थियो ।
मद्दा दर्ता हुनअगावै बन्दी प्रत्यक्षीकरणको रिटले छुटेका उनी त्यसयता सम्पर्कविहीन रहेकोमा आज आफैँ अदालत हाजिर भएका थिए । यही मुद्दामा राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि धरौटीमा छुटेका छन् । जिल्ला अदालतले हिजो तीन लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया