logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • ६ प्रदेशमा प्रहरी प्रमुख फेरिए

    955Shares
    ६ प्रदेशमा प्रहरी प्रमुख फेरिए

    काठमाडौं । नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

    सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।कर्णाली बाहेक सबै प्रदेशका प्रमुख फेरिएका छन् ।

    प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्य, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिममा डम्बर बहादुर विकलाई सरुवा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट