logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • भारतले पाकिस्तानलाई आयातमा पूर्ण प्रतिबन्ध लगायो

    964Shares
    भारतले पाकिस्तानलाई आयातमा पूर्ण प्रतिबन्ध लगायो

    नयाँ दिल्ली । भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावकाबीच भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

    भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले जारी गरेको सूचना अनुसार पाकिस्तानमै उत्पादन भई भारत आउने सबै वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको छ । अप्रिल २२ तारिखमा कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानले आफ्नो आकासमा एक अर्काका विमान उड्न रोक लगायत प्रतिबन्ध लगाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट