logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • रेशमलाई पक्राउ गर्न भन्दै कारागारलाई पत्र पठाएका शाखा अधिकृत विष्ट पक्राउ

    973Shares
    रेशमलाई पक्राउ गर्न भन्दै कारागारलाई पत्र पठाएका शाखा अधिकृत विष्ट पक्राउ

    ठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

    विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो । रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ । डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीले सर्वोच्चबाट अर्को पत्र आउनासाथ रेशम चौधरीलाई थुनामुक्त गर्ने बताए ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट