logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • सप्तरीमा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, २४ बढी घाइते

    874Shares
    सप्तरीमा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, २४ बढी घाइते

    जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक महिलाको पहिचान खुलेको छैन ।

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । डिएसपी काफलेका अनुसार मृत्यु भएका दुवैजना च्यापिएर गम्भीर घएका थिए । दुवैजनाको विराटनगरको मोडेल अस्पतालमा उपचारको क्रममा भएको हो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट