logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा

    1KShares
    आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा

    काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५ विकेटले हराउँदै अंकतालिकामा शीर्षस्थानमा उक्लिएको हो ।

    वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेहाल वधेरा ३३ रनमा अविजित रहे । प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए । बेंगलुरुका जोश हेजलवूडले ३ ओभरमा १३ रन दिएर ३ विकेट लिएपनि जितका लागि पर्याप्त बन्न सकेन । भुवनेश्वर कुमारले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । टिम डेभिडले अविजित ५० रन बनाउँदा कप्तान रजत पाटिदारले २७ रन बनाए । पञ्जाबका मार्को यानसेन, युजभेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित ब्रारले २(२ विकेट लिँदा जेभियर बार्टलेटले १ विकेट लिए । यस जितपछि ७ खेलमा १० अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु चौथो स्थानमा झरेको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट