काठमाडौँ । इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२०विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै वेस्ट इन्डिज महिला टि–२०विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका लागि कप्तान ह्वेली म्याथ्युजले पनि ५० रन बनाइन् ।
समुह ‘ए’ बाट भारत, पाकिस्तान र श्रीलंका तथा समुह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।
अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच विहिबार हुने छ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिजबीच हुने छ ।
त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया