काठमाडौं । दोलखाको उत्तरीभेगमा स्थायी बसोबास भएका नोर्बु शेर्पा नेविसंघ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम उहाँ केन्द्रीय सदस्यमा मनोनित हुनु भएको हो ।
नेविसंघ केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले मनोनयन पत्रमा विधि-विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउनेमा आफू विश्वस्त भएको उल्लेख गर्नु भएको छ । नोर्बुको मनोनयनले संघलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष शेर्पाले कार्यसफलताको कामना व्यक्त गर्नु भएको छ ।
नोर्बुले विद्यार्थीको हकहितका लागि अहिलेसम्म बुलन्द आवाज उठाउँदै आउनु भएको छ । केन्द्रीय सदस्य पदमा मनोनयनले आफूमा थप उर्जा प्राप्त भएको उहाँले न्यूज नेपाललाई प्रतिक्रिया दिनुभयो । शिक्षा क्षेत्रभित्र देखिएको विकृति-विसंगतिका विरुद्ध खरो रुपमा उत्रिने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । केन्द्रीय सदस्यमा मनोनयन भएसँगै नयाँ वर्षको शुभकाना दिँदै उहाँले विद्यार्थीहरुको हकहितका लागि आफूले अघि सारेका योजनाहरुमा साथ दिन सबैमा आग्रह गर्नु भएको छ ।
उहाँ काठमाडौंको एक कलेजमा कानुन विषय लिएर स्नातक तह अध्ययनरत विद्यार्थी हुनुहुन्छ । दोलाखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ६ मा नोर्बुको स्थायी बसोबास छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया