logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको नयाँ रणनीति, ‘बर्थ टुरिजम’ नियन्त्रणमा जोड

    916Shares
    जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको नयाँ रणनीति, ‘बर्थ टुरिजम’ नियन्त्रणमा जोड

       वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेश जारी गर्दै विशेषगरी ‘बर्थ टुरिजम’ र राष्ट्रिय सुरक्षासँग जोडिएका विषयलाई लक्षित गरेका छन्। सर्वोच्च अदालतबाट अपेक्षित निर्णय नआएपछि ट्रम्प प्रशासनले नयाँ कार्यकारी आदेशमार्फत अध्यागमन नीतिलाई कडाइ गर्ने रणनीति अघि सारेको हो।

    नयाँ आदेशअनुसार अब बच्चाले अमेरिकी नागरिकता प्राप्त गर्ने उद्देश्यले पर्यटक भिसामा अमेरिका जाने अभ्यासलाई थप नियन्त्रण गरिने भएको छ। ट्रम्प प्रशासनका अनुसार गर्भवती महिलाले केवल सन्तानलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले भिसा लिन खोजे अनुमति नदिने नीति लागू गरिनेछ।

    यसैगरी, विदेशी आतंकवादी संगठनसँग सम्बन्धित व्यक्तिका सन्तान तथा विदेशी सरकारका तर्फबाट काम गर्ने केही व्यक्तिका बालबालिकालाई जन्मसिद्ध नागरिकताको सुविधा नदिने व्यवस्था पनि कार्यकारी आदेशमा समेटिएको छ। प्रशासनको दाबी छ कि यसले जन्मसिद्ध नागरिकताको दुरुपयोग रोक्न सहयोग पुग्नेछ।

    यसअघि अमेरिकी सर्वोच्च अदालतले अमेरिकी भूमिमा जन्मिएका अधिकांश व्यक्तिलाई स्वतः नागरिकता दिने संवैधानिक व्यवस्थालाई चुनौती दिने ट्रम्प प्रशासनको प्रयास अस्वीकार गरेको थियो। त्यस निर्णयप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले कार्यकारी आदेशमार्फत वैकल्पिक उपाय अपनाइएको बताएका छन्।

    यद्यपि, ह्वाइट हाउसले यी आदेश सर्वोच्च अदालतको निर्णयसँग नबाझिने दाबी गरे पनि कानुनविद्हरूले ती आदेश अदालतमा चुनौतीको सामना गर्न सक्ने बताएका छन्।

    हाल अमेरिकी कानुनले ‘बर्थ टुरिजम’लाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छैन। तर, बच्चालाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले पर्यटक वा व्यावसायिक भिसा प्रयोग गर्ने कार्यमाथि यसअघि नै कडाइ गरिएको थियो। नयाँ आदेशले त्यस व्यवस्थालाई अझ प्रभावकारी बनाउने ट्रम्प प्रशासनको अपेक्षा छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट