काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बिहिबार वार्ता भएको छ । शिक्षा मन्त्रालयमा साँझ सकिएको वार्तामा के सहमति भयो भन्ने सम्बन्धमा सोही दिन सार्वजनिक नगर्ने बुझिएको छ ।
‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी शिक्षक महासंघभित्र आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं ’, शिक्षक महासंघबाट वार्तामा सहभागी एक सदस्यले बताए ।
वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी भएको थियो । यस्तै सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी भएको थियो । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए । मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया