काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडालेसधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने जिकिर गरे ।
‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन,’ उनले भने, ‘अब गेयर परिवर्तन गर्नुपर्यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुपर्यो ।’खतिवडाले आफू हिन्दू धर्म मान्ने भएपनि सबैलाई अट्ने र समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताए । ‘म आफू पनि हिन्दू धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु,’ उनले भने ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया