logo

२०८३ भाद्र २ मंगलवार

logo
  • २०८३ भाद्र २ मंगलवार
  • नागढुंगा–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

    727Shares
    नागढुंगा–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

    काठमाण्डाै , दिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

    सोमबार बिहान करिब पौने ६ बजे खसेको पहिरोका कारण सडकमा आवागमन पूर्ण रूपमा प्रभावित भएको धादिङ प्रहरीले जनाएको छ। पहिरोका कारण काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनको लामो जाम लागेको छ।

    प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनामा प्रयोग भइरहेको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ। सडक खुलाउने प्रयास जारी रहे पनि पहिरोका कारण यात्रु तथा सवारीसाधन चालकले सास्ती खेप्नुपरेको छ।

    पृथ्वी राजमार्गमा नियमित रूपमा सवारी चाप उच्च रहने भएकाले सडक अवरुद्ध भएपछि जाम थप बढेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट